MoU Renewal Signing Ceremony Concluded Between Mid-West University and Chandigarh University

“मध्यपश्चिम विश्वविद्यालय र चंढीगढ़ विश्वविद्यालयबीच आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर नवीकरण कार्यक्रम सम्पन्न”
मिति २०८२ साल चैत्र २ गते मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत नेपाल र चंढीगढ़ विश्वविद्यालय, पंजाव, भारत बीच आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर नवीकरण कार्यक्रम दुवै विश्वविद्यालयका उपकुलपतिस्तरमा चंढीगढ़ विश्वविद्यालय, पंजाव, भारतमा सम्पन्न भएको छ। मध्यपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय को समन्वयमा उक्त एमओयु हस्ताक्षर नवीकरण कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. डा. ध्रूव कुमार गौतमज्यू र चंढीगढ़ विश्वविद्यालय विश्वविद्यालय, पंजाव, भारतका तर्फबाट उपकुलपति प्रा. डा. रविराजा एन. सीथारामज्यूले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो।
सो अवसरमा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रूव कुमार गौतमज्यूले मध्यपश्चिम विश्वविद्यालय र चंढीगढ़ विश्वविद्यालयको स्थापनाको हिसाबले संगैसंगै भएको प्रसंग उल्लेख गर्दै यो समझदारीपत्रको प्रभावकारी कार्यान्वयन ले दुवै विश्वविद्यालयका प्राध्यापकहरूको बीचमा अध्ययन, अनुसन्धान, प्रकाशन, अनुसन्धान तथा क्षमता विकास परियोजना, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आदानप्रदान लगायतका अनेकन सम्भावना उजागर गरेको र यसको प्रभावकारी कार्यान्वयन र निरन्तरतामा जोड दिनुभयो।मध्यपश्चिम विश्वविद्यालय क्युएस र्याङ्किङमा प्रवेश गर्नको लागि कमिटि बनाएर काम सुरु भएकोले सो कार्यमा आवश्यक प्राविधिक सहयोगको अपेक्षा गरेको र दुवै विश्वविद्यालयका मिल्दाजुल्दा कार्यक्रमहरूमा संयुक्त डिग्री प्रदान गर्ने गरी कार्यक्रम विकास गर्न लाग्नुपर्ने उपकुलपति प्रा. डा. गौतमज्यूले बताउनुभयो।
त्यसै गरी चंढीगढ़ विश्वविद्यालय विश्वविद्यालयका उपकुलपति प्रा. डा. रविराजा एन. सीथारामज्यूले चंढीगढ़ विश्वविद्यालय क्युएस ग्लोबल र्याङ्किङमा प्राइभेट युनिभर्सिटीहरूमा भारतको एक नम्बर विश्वविद्यालय भएको दाबी गर्दै आफ्नो विश्वविद्यालयको तर्फबाट मध्यपश्चिम विश्वविद्यालय पनि क्युएस र्याङ्किङमा जान लागेकोमा खुसी व्यक्त गर्दै सो कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न सो विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका कार्यकारी निर्देशक प्रा. डा. राजन शर्मालाई समन्वय गर्न सुझाव दिनुभयो।उपकुलपति प्रा. डा. सीथारामज्यूले चंढीगढ़ विश्वविद्यालयले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गरिरहेको प्रसंग स्मरण गर्दै मध्यपश्चिम विश्वविद्यालयसँग सन् २०१६ मा पहिलो पटक आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर भएदेखि हालसम्म निरन्तर सक्रिय साझेदार सहयात्री भएकोमा खुसी लागेको बताउनुभयो।
उक्त अवसरमा मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेलज्यूले एक आपसमा सहकार्य र सरसहयोग आदानप्रदान कार्यक्रमलाई कार्यान्वयन गर्न तत्पर भएको बताउनुभयो। चंढीगढ़ विश्वविद्यालय विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका कार्यकारी निर्देशक प्रा. डा. राजन शर्माले मध्यपश्चिम विश्वविद्यालयले अप्रिल २४–२६ मा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो विश्वविद्यालय पनि सह-आयोजक सहित सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै क्युएस ग्लोबल र्याङ्किङमा प्राविधिक सहयोग र मोबिलिटी कार्यक्रम तय गरेर कार्यान्वयन गर्ने बताउनुभयो। मध्यपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीले आपसी समझदारीपत्र (एमओयु) हस्ताक्षर नवीकरण भए लगत्तै अब छिटै प्राध्यापक–विद्यार्थी आदानप्रदान कार्यक्रम अगाडि बढाउने र अन्य सम्भावित कार्यक्रम योजना बनाई लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीहरूको सम्मानमा चंढीगढ़ विश्वविद्यालयका तर्फबाट सलामी अर्पण र खादाद्वारा स्वागत गरिएको थियो। उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्का, उपकुलपति कार्यालयका सचिवालय प्रमुख एवं व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख उप-प्रा. खेमराज रावत र चंढीगढ़ विश्वविद्यालयका विश्वविद्यालयका तर्फबाट अन्तर्राष्ट्रिय मामिलाका सहकार्य विभागका सहायक डीन प्रा. डा. अल्का ढीङग्रा, ग्लोबल एजुकेसन सेन्टरका सहायक डीन प्रा. डा. विमल शर्मा, अन्तर्राष्ट्रिय मामिलाका सिनियर अफिसर हिमांशु, र ग्लोबल एजुकेसन सेन्टरका सहायक अफिसर सपना शान्दिल लगायतको उपस्थिति रहेको थियो।
“MoU Renewal Signing Ceremony Concluded Between Mid-West University and Chandigarh University”
On March 16, 2026, a Memorandum of Understanding (MoU) renewal signing ceremony between Mid-West University, Surkhet, Nepal, and Chandigarh University, Punjab, India, was successfully held at Chandigarh University at the Vice-Chancellor level of both universities.
The MoU renewal program was coordinated by the International Relations Directorate of Mid-West University. On behalf of Mid-West University, Vice-Chancellor Prof. Dr. Dhruba Kumar Gautam, and on behalf of Chandigarh University, Vice-Chancellor Prof. Dr. Raviraja N. Seetharam signed the agreement.
Speaking on the occasion, Vice-Chancellor Prof. Dr. Dhruba Kumar Gautam highlighted that both universities were established around the same time and emphasized that the effective implementation of this MoU would open numerous opportunities. These include collaboration among faculty in teaching, research, publications, capacity development projects, as well as faculty, staff, and student exchange programs. He stressed the importance of ensuring effective implementation and continuity of the agreement.
He further mentioned that Mid-West University has initiated work towards entering the QS Rankings by forming a dedicated committee and expressed the need for technical support in this process. He also emphasized the development of joint degree programs in similar academic areas between the two universities.
Similarly, Vice-Chancellor Prof. Dr. Raviraja N. Seetharam of Chandigarh University stated that Chandigarh University ranks as the number one private university in India in the QS Global Rankings. He expressed happiness that Mid-West University is also moving towards QS Rankings and suggested coordination with the Executive Director of International Affairs, Prof. Dr. Rajan Sharma, for necessary collaboration and support.
He also recalled that Chandigarh University has been collaborating with renowned universities worldwide and expressed happiness that since the initial MoU signing in 2016, Mid-West University has remained an active and consistent partner.
On the same occasion, the Registrar of Mid-West University, Prof. Dr. Shobhakhar Kandel, expressed commitment to implementing mutual cooperation and exchange programs effectively.
Executive Director of International Affairs at Chandigarh University, Prof. Dr. Rajan Sharma, expressed commitment that his university would participate as a co-organizer in the international conference scheduled for April 24–26 organized by Mid-West University. He also assured technical support for QS Global Rankings and the implementation of mobility programs.
Executive Director of the International Relations Directorate at Mid-West University, Dr. Yadu Prasad Gyawali, expressed commitment to promptly initiating faculty–student exchange programs following the MoU renewal, along with planning and implementing other potential collaborative programs.
In honor of the Vice-Chancellor and officials of Mid-West University, Chandigarh University extended a ceremonial welcome with a guard of honor and khada.
The program was attended by Dr. Bishnu Kumar Khadka, Executive Director of the Planning, Development and Monitoring Directorate; Asst. Prof. Khemraj Rawat, Chief of the Vice-Chancellor’s Secretariat and Head of the Central Department of Management from Mid-West University; and from Chandigarh University, Assistant Dean Prof. Dr. Alka Dhingra (International Affairs Collaboration Department), Assistant Dean Prof. Dr. Bimal Sharma (Global Education Center), Senior Officer Himanshu (International Affairs), and Assistant Officer Sapna Shandil (Global Education Center), among othehttps://www.mu.edu.np/mou-renewal-signing-ceremony.../ ) || Chandigarh University rs.